नेपालको भूमि बाहिर रोजगारी तथा पठ्नपाठ्नका लागि बसोबास गर्दै आइरहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपालको माटो, हावापानी, कला–संस्कृति, चाडपर्वहरु, प्रदेश, जिल्ला, स्थानीय पालिका, टोल, गल्ली, चोक, छर–छिमेक, भ्रमणगर्ने स्थानहरु, पोशाक, श्रृङ्गारका वस्तुहरु, नेपाली मौलिकता झल्काउने सामानहरुको सम्झना नआउने कुरै हुँदैन । विश्वकै उच्च शिखर सगरमाथा र गौतम बुद्ध जन्मेको भूमिको रुपमा परिचित तथा ख्याति प्राप्त पावन भूमि नेपाललाई विश्वसामु चिनाइरहेको नेपाली हातहरुबाट सृजित हस्तकलाका सामानहरु पनि हो । हस्तकलाका सामानहरु निर्यात गर्ने जर्मको आईएम्आर्टिशनले गर्दै आईरहेको जानकारी गराउँदै हाम्रो भण्डारमा निर्यात गुणस्तरका र धैरै समयसम्म सुरक्षित राखि उपभोग गर्न मिल्ने खाद्यपदार्थहरु थप गरिएको सहर्ष जानकारी गराउँदछौं । यहाँहरुलाई आफूलाई खान मन लागेको अथवा आफू रहेको स्थानबाट विक्रीवितरण गर्न चाहनुभएको खाद्यपदार्थहरु ईमेल मार्फत (marketing@imartisan.org)हामीलाई अर्डर गरि पठाउनुहोस् । हामी अर्डर भएका खाद्यपदार्थहरुलाई यहाँले पठाउनुभएको ठेगानासम्म पु¥याईदिने छौं । हाललाई यो सेवा अमेरिकामामा मात्र भएको अनुरोध छ ।
तपसिल खाद्य सामग्रीहरु निर्यातका लागि हामी तत्पर छौं ।
१) सुकुटी : राँगाको सुकुटी (ड्राई मिट) आधा केजी र एक केजीको प्याकेटमा प्याकेजिङ्क गरिएको हुन्छ । मसला रहित र मसला सहितको सुकुटी यहाँहरुले अर्डर गर्नसक्नुहुने छ । विशेष ध्यान पु¥याई म्वाइष्चर कम गरि तयार गरिएको एक्सपोर्ट क्वालिटीको सुकुटीमा हालसम्म कुनै पनि गुनासो नआएको अनुरोध छ ।
२) छुर्पि : याक मिल्कले बनाइएको छुर्पिहरु विदेशमा बस्ने नेपालीहरुको रोजाईमा पर्ने खाद्यपदार्थ हो । आधा केजी र एक केजीको प्याकेटमा उपलब्ध छुर्पिहरु यहाँहरुको अर्डरको प्रतिक्षामा रहेका छन् ।
३) गुँदपाक र पुष्टकारी : काठमाण्डौं उपत्यकामाबाट बाहिर भ्रमणमा निस्किँदा गुँदपाक र पुष्टकारी कोसेली ल्याउनु भएन र भन्ने प्रश्न नौलो होइन । उपत्यकाको शान भनेकै सताब्दीदेखि नै यहाँ उत्पादन गरि विक्रीवितरण गरिँदै आएको गुँदपाक र पुष्टकारी हो । सुत्केरी महिलाहरुको प्राथमिकतामा पर्ने गुँदपाक र पुष्टकारीका साथसाथै सुत्केरी मसला (बाह«खरी मसला) पनि यहाँहरुले हामीलाई अर्डर गर्नसक्नुहुने छ ।
४) पाउँ : काठमाण्डौं उपत्यकाको अर्को पहिचान पाउँ पनि हो । लप्सी तथा आँपबाट तयार गरिने तितौरा, लप्सी केण्डी आदि विभिन्न किसिमका पाउँहरु उपलब्ध छन् ।
५) सक्खर र मह : उच्च गुणस्तरीय ओमशान्ति समूहले तयार गरेको सक्खर र मह पनि उपलब्ध छ ।
माथिका खाद्यपदार्थका साथसाथै ताइचिनको चिउरा, मकैको पिठो, चामलको पिठो, मसलाहरु (धुलो जिरा, खुर्सानी, बेसार, टीमुर, धनिया आदि), वाइवाइ चाउचाउ, रारा चाउचाउ, मासुको अचार ईत्यदि पनि उपलब्ध छ ।

I am often to blogging and i really appreciate your content. The article has really peaks my interest. I am going to bookmark your site and keep checking for new information.
Thank you so much. Please visit https://imartisan.org/.
Saroj Ranjitkar
Head-Marketing
imartisan
Kathmandu, Neal
977-1-9849189693
Thank you so much. Please visit https://imartisan.org/.
Saroj Ranjitkar
Head-Marketing
imartisan
Kathmandu, Neal
977-1-9849189693
That’s a great point, Amjad. It’s important to consider the different stakeholders involved in topic and how they might be impacted.